जब तपाईं आँखा जाँच गर्न जानु हुन्छ सबैभन्दा पहिला तपाइलाई कुनै ऐना वा स्क्रीन देखाएर तपाईंको दृष्टिको जाँच गरिन्छ । यसरी दृष्टि जाँच गर्दा सामान्य मान्छेको दृष्टि 6/6 हुन्छ । अखिर के हो त 6/6 भनेको ?
जब तपाईंलाई ऐना वा कुनै स्क्रीन मा अक्छरहरु देखाएर पढ्न लगाइन्छ ठीक त्यही अक्छरको मुनी केही अंक लेखिएको हुन्छ । यी अंकहरु प्राय जसो ठुलो अक्छर देखी सानो गरेर यसप्रकार रहेको हुन्छ।
6/60
6/36
6/24
6/18
6/12
6/9
6/6
यसरी fraction मा लेखिएको तपाईंको दृष्टिको माथि पट्टीको अंकले ( Numerator ) त्यो अक्छर कती मिटर पर बाट हेरिरहनु भएको छ भनेर बुझाउछ भने मुनी पट्टीको अंकले ( Denominator ) उक्त अक्छर कती मिटर परबाट देखिनु पर्ने हो भनेर बुझाउछ ।
यदी तपाईंको दृष्टि 6/60 छ भने यो कुरा बुझ्नु पर्ने हुन्छ – जुन
अक्छरलाई तपाईंले ६० मिटर पर बाट देख्नु पर्ने हो त्यो अक्छरलाई तपाईंले 6 मिटर या त्यो भन्दा अगाडिबाट मात्र देख्नु सक्नु हुन्छ ।
6/6 को अर्थ पनि ठीक त्यस्तै नै हो । जुन अक्छर 6 मिटर पर बाट देखिनु पर्ने हो त्यो अक्छरलाई तपाईंले 6 मिटर बाटनै देखिरहनु भएको छ जुन एउटा सामान्य मनिसको दृष्टि हुन्छ ।
त्यसैले आँखा जाँच गराउँदा 6/6 को अक्छर 6 मिटर परबाट देख्नु भएको छ भने तपाईंको दृष्टिलाई सामान्य मानिन्छ । ५ मिटर या ४ मिटर अगाडि गएर पढ्नु भयो भने तेस्लाई 6/6 vision भनिदैन ।
धन्यवाद !!
साकार सुबेदी
Consultant Optometrist
Lubhu Eye Care & Opticals