“जती हेर्यो उती हेरु हेरु लाग्ने तिम्रो आँखा” सानोमा मम्मीको नजिक बसेर गाउने यो गीत अहिले मेरो दिनचर्या बनेको छ । पेशाले दृष्‍टि बिशेषज्ञ म, तेसैले मेरो दैनिकी मानिसहरुको आँखा हेरेरै बित्छ । धेरै बर्ष आँखा स्वास्थ्य छेत्रमा काम गर्दै गर्ने क्रममा मैले देखेका केही आँखा स्वास्थ्य सम्बन्धी Myths र सामान्य मान्छेको आँखा स्वास्थ्य प्रतिको ज्ञानलाई यस लेख मार्फत बेक्त गर्न खोज्दैछु ।

सामान्यता मानिस आँखा धमिलो देख्ने, टाउको दुख्ने, आँखा दुख्ने, आँखा चिलाउने, आँखा पोल्ने जस्ता समस्याहरु लिएर आँखा जाँच गर्न अस्पाताल वा क्लिनिकमा जान्छन् । यस्ता समस्याहरुको समाधान गर्न अस्पाताल वा क्लिनिकमा बिभिन्न जाँचहरु गरिन्छ । कुन कुन जाँच के के का लागि गरिएको हो भनेर जानेमा आँखाको बिरामीहरुलाई धेरै उपयोगी हुनसक्छ । आँखा जाँच गरिसकेपछी आफुलाई कुन रोग लागेको रहेछ, त्यो रोग कसरी लाग्ने रहेछ, त्यसबाट बच्न के गर्नु पर्ने रहेछ, तेस्को लागि दिएको ओखती किन र कती समयको लागि दिएको रहेछ भनेर जानकारी लिनु पर्दछ । एक कुशल चिकित्सकले तपाईंलाई ई सब कुराहरु राम्ररी बुझाउन सक्नुहुनेछ ।

आँखा जाँच गर्दा के के जाँच गरिन्छ ?

जब कुनै बिरामी आँखाको समस्या लिएर अस्पातल वा क्लिनिक जान्छन सर्बप्रथम उनिहरुको दृष्‍टि कती छ भनेर जाँच हुन्छ (आकस्मिक case बाहेकका) । सामान्य मानिसको दृष्‍टि 6/6 हुनु पर्दछ ( 6/6 को अर्थ अर्को लेख मा बुझाउनेछु )। यदी दृष्‍टि 6/6 नभएमा Refraction अर्थात चस्माको पावर जाँच गरिन्छ अनी चस्माको पावर हालेर दृष्‍टि सुधार गरिन्छ । यदी चस्माबाट दृष्‍टि सुधार नभएमा के कारणले सुधार नभएको हो तेस्को जाँच गरिन्छ। ( Slit Lamp Examination )

आँखाको दृष्‍टि र पावर जाँच गरेर रेकर्ड गरिसकेपछी आँखाको अन्य भागहरुको जाँच हुन्छ जस्लाई SlitLamp नामको मेशिनबाट जाँच गरिन्छ । उक्त मेशिनबाट आँखाको बहिरी तथा माझौला भागको जाँच हुन्छ । SlitLamp Examination बाट तपाईंको अधिकान्श समस्याको diagnosis हुन्छ ।

त्यसपछी तपाईंको आँखाको pressure ( IOP ), आँखाको आँशुको जाँच ( tear quality & quantity ) र आँखाको पर्दाको जाँच हुन्छ । आवस्यकता र रोगको प्रकार अनुसार बिभिन्न अरु test हरु गर्न चिकित्सकले तपाईंलाई सल्लाह दिन सक्नु हुन्छ । आँखाको नानीमा समस्या देखिय Keratometry , Pachymetry , Corneal Topography जस्ता test गरिन्छ । जलबिन्दु ( Glaucoma ) भएको शन्का भएमा Visual Field , CCT , Fundus Photography जस्ता test हरु गरिन्छ ।

यदी आँखाको पर्दामा समस्या भएको शन्का लागेमा अथवा बिरामीलाई Diabetes वा Hypertension भएमा अनिवार्य आँखाको नानी फुलाएर आँखा को पर्दा ( Retina ) जाँच गर्नु पर्दछ ।

टाउको तथा आँखा दुख्ने समस्या भएमा तपाईंको आँखाको muscles को test गरिन्छ । सामान्यता आँखाको accommodation र Vergence को समस्याले गर्दा आँखा र टाउको दुख्ने समस्या देखिन सक्छ । त्यस्को लागि तपाईंलाई तपाईंको दृष्‍टि बिशेषज्ञले vision therapy द्वारा उक्त समस्याको समाधान गर्नु हुनेछ ।

समग्रमा तपाईंले आँखा जाँच गर्न जाँदा तल लिखित निम्न जाँचहरु भएको हुनु पर्दछ :

१ दृष्‍टि तथा चस्माको जाँच 
२ SlitLamp बाट आँखाको बाहिरी तथा भित्री तहको जाँच 
३ आँखाको पर्दाको जाँच 
४ आँखाको pressure को जाँच 
५ आँखाको आँशुको जाँच 
6 आँखाको muscles को जाँच

आँखा स्वास्थ्य बारे केही भ्रमहरु ( Myths ) :

Myth १ चस्मा लगाएपछी आँखाको पावर बढ्छ

Fact:
चस्मा लगाउदैमा आँखाको पावर घट्ने वा बढ्ने हुँदैन। चस्मा त केवल एक साधन हो जस्को मद्तले आँखाको दृष्‍टि सुधार गर्न सकिन्छ । आँखाको पावर प्राकृतिक रुपमानै आँफै उमेरको हिसाबले फेरिन्छ । सही चस्माको पावर जाँच गर्न सधैं अनुभबी दृष्‍टि बिशेषज्ञ वा नेत्र सहायकको सल्लाह लिनु पर्दछ । कम्प्युटराइज्ड प्रबिधीबाट आँखा जाँच गरिने ठाउँमा आनुभबी चिकित्सक छन् कि छैनन् भनेर जान्नु आवश्यक हुन्छ।

Myth २ अगाडि बसेर टि.भी हेरे आँखा बिग्रिन्छ

Fact:
टि.भी को अगाडि बसेर टि.भी हेर्दइमा आँखा बिग्रिने हैन । यदी तपाईंको बच्चा, भाई, बहिनीहरु अगाडि बसेर टि.भी हेर्छन भने उनिहरुलाई दृष्‍टि दोश ( Refractive Error ) भएको हुन सक्छ। समयमै उपचार नगरे अल्छि आँखा ( Amblyopia ) भएर जान सक्छ ।

Myth ३ आफुलाई चाहिएको भन्दा कम पावरको चस्मा लगायो भने चस्माको पावर बढ्दैन

Fact:
तपाईंको दृष्‍टि बिशेषज्ञले दिएको पावर भन्दा कम पावर लगाउदैमा तपाईंको आँखाको पावर स्थिर ( Constant ) हुन्छ भन्ने हुँदैन । सामान्यता मानिसको पावर २० देखी २५ बर्षको उमेर सम्म स्थिर हुन्छ । त्यो भन्दा अगाडि तपाईंको आँखा को पावर प्राकृतिक रुपमानै आँफै परिबर्तन भईरहेको हुन्छ । चाहिएको भन्दा कम पावर लगाउदा तपाईंको दृष्‍टि पनि कमजोर हुन्छ ।

Myth ४ साग खायो भने आँखा तेजिलो हुन्छ

Fact:
सागमा भएको भिटामिनले तपाईंको आँखालाई स्वास्थ अवस्य राक्छ तर एस्ले तपाईंको आँखाको दृष्‍टिलाई भने केही असर गर्दैन । धेरै साग खाए चस्मा लगाउनु पर्दैन भनेर भन्नुहुने आन्टीलाई एकचोटी Lubhu Eye Care मा पठाइदिनु होला ।

Myth ५ कालो चस्मा लगाएपछी घामको UV rays बाट बचिन्छ

Fact:
tint मात्र भएको कालो चस्माले तपाईंको आँखालाई UV rays बाट बाचाउदैन । UV rays बाट बच्न १००% UV A र UV B rays block गर्ने sunglass लगाउनु पर्छ ।

यदी यो लेख पढेर आँखा स्वास्थ्य सम्बन्धी केही जानकारी पाउनु भएको भए अरुलाई पनि यस बारे जानकारी दिनु होला । राम्रो लागे share गरिदिनु होला । धन्यवाद !!

Sakar Subedi 
Consultant Optometrist
Lubhu Eye Care & Opticals

Leave a Reply

Your email address will not be published. Required fields are marked *