रातीको १० बज्नै लाग्दा मैले laptop को screen लगातर हेरेको झन्डै ३ घण्टा हुन लागेछ । म जस्तै अधिकान्श मानिसको दैनिकी आजकल एस्तै mobile र laptop को स्क्रीन हेरेर बित्ने गर्दछ जस्ले गर्दा आँखा सुख्खा हुने, आँखा पोल्ने, आँखा दुखने र नजिकको आक्छर हेरिराख्दा धमिलो वा दुइटा देखिने जस्ता समस्याहरु देखिने गर्दछ । यदी तपाईं पनि म जस्तै एकोहोरो नजिकको स्क्रीन वा किताबको आक्छर हेरिरहने गर्नुहुन्छ भने तपाईंलाई यस्ता समस्याहरुबाट जोगिन केही उपायहरुको बारेमा जान्न जरुरी हुन्छ ।


हाम्रो आँखा भित्रको लेन्स flexible हुन सक्ने छ्यमताले गर्दानै हामीले नजिक र टाढाको बस्तुलाई नियालेर हेर्दा सफा देख्ने गर्दछौ । लेन्सको flexibility लाई control गर्नलाई हाम्रो आँखा भित्र रहेको muscles ले सहयोग गर्दछ । त्यही muscles को contraction र relaxation ले गर्दा हामी नजिक र टाढाको बस्तु लाई क्यामराको लेन्सलेझै focus गर्न सक्छौ । ई muscle को प्रयोग हामीले नजिकको बस्तुलाई हेर्दा बढी हुन्छ । टाढा हेर्दा भने ई muscle relaxed state मा हुन्छन् । त्यसैले जब हामी धेरै बेर नजिक को बस्तुलाई हेर्छौ तब हाम्रो आँखा को भित्री muscles बिस्तारै थाक्ने गर्दछ जस्ले गर्दा आँखा दुख्ने समस्या हुन्छ ।


जब हामी एकोहोरो नजिकको ल्यापटप, टि.भी अथवा मोबाईल हेर्छौ त्यती बेला हाम्रो blinking rate पनि normal भन्दा कम हुन्छ (जुन १२ देखी १५ प्रती मिनेट हुनुपर्दछ) जसले गर्दा हाम्रो tear production मा कमी आउछ अनी आँखा सुख्खा हुने समस्या देखिन्छ । आँखा सुख्खा हुँदा आँखा पोल्ने अनी आँखाबाट आशु बगिरहने जस्ता समस्या देखिन्छ ।

यस्ता समस्यालाई समाधान गर्न हामीले केही सरल घरेलु उपाय अपनाउन सक्छौ । यदी धेरै बेर नजिकको काम गर्नु पर्छ भने कम्तीमा हरेक २० मिनटमा आफ्नो आँखा लाई rest दिनु पर्दछ । आँखालाई rest दिँदा हामीले २० २० २० rule सम्झिनु पर्छ अर्थात हरेक २० मिनट मा २० फिट पर कम्तिमा २० सेकेन्ड सम्म हेर्नु पर्दछ । यस्ले गर्दा हाम्रो आँखाको muscles आफ्नो relaxed state मा फर्किन्छ र muscle fatigue (थाक्नु) बाट जोगिन्छ जस्ले गर्दा आँखा दुख्ने समस्या कम हुन्छ । Muscles को थप समस्यालाई Vision Therapy द्वारा पनि हल गर्न सकिन्छ जस्को लागि तपाईंले आफ्नो दृष्‍टि बिशेषज्ञसँग सल्लाह लिन सक्नुहुन्छ ।


Normal Blinking Rate लाई ध्यानमा राखेर maintain गर्न सके एकोहोरो नजीक्को काम गर्दा आँखा सुख्खा हुने समस्या पनि कम हुन्छ । यदी आँखा सुख्खा भय प्रथम चरनको उपचारको लागि artificial tear लगाउन सकिन्छ । समस्या धेरै severe भय आँखामा आन्य associated समस्या हरु भय नभएको जाँच गराएर उपचार गर्नु पर्छ ।


Computer मा धेरै समय काम गर्नुहुन्छ भने आफ्नो रूम को light ले कम्प्युटर को स्क्रीन बाट direct आँखामा glare नपर्ने गरी कम्प्युटर लाई डेस्कमा राख्नु पर्दछ । आफ्नो posture comfortable हुने गरी कम्प्युटर स्क्रीनको height मिलाउनु पर्छ । मोबाईल र ल्यापटप बाट blue rays बढी आउने गर्दछ जस्लाई हामी high energy visible light भन्छौ । Blue light मा high energy हुने हुँदा यस्ले गर्दा आँखामा macular degeneration , cataract , जस्ता रोग हुने risk बढी हुने भनेर केही अनुसन्धानले पनि देखएको छ । हाम्रो sleep cycle मा पनि Blue light ले निकै असर गरिरहेको हुन्छ । यस्ता blue rays बाट बच्न Blue Cut lens को प्रयोग गर्न सकिन्छ ।


हाम्रो दैनिकीमा थोरै सुधार गरेपनी धेरै बदलाव ल्याउन सकिन्छ । त्यसैले सचेत भएर आफ्नो आँखा तथा शरीरको स्वास्थ्य बारे जानकार हुन निकै जरुरी छ ।

Sakar Subedi
Consultant Optometrist
Lubhu Eye Care & Opticals

Leave a Reply

Your email address will not be published. Required fields are marked *